अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

मुकेश चौरसियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै बीरगञ्जमा प्रदर्शन

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ७:१० मा प्रकाशित

कुटपिटबाट ज्यान गुमाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज पनि बीरगञ्जमा प्रदर्शन भएको छ ।

चौरसियाको मृत्यु भएकै दिन गत बिहीबारदेखि उनका परिवारजन र नेकपा पर्साले जाहेरी दर्ता गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ । चौरसियाको हत्यामा संलग्न रहेकाविरुद्ध परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता नगरेपछि परिवार र नेकपा पर्सा आन्दोलित भएका हुन् ।

न्यायको माग गर्दै मंगलबार पनि चौरसियाका परिवार र नेकपा पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएको छ । उनीहरुले धर्ना दिँदै एक घण्टा मौन धारणसमेत गरेका थिए । प्रहरीले हालसम्म जाहेरी नलिएपछि विहीवारदेखि लगातार प्रदर्शन गर्दै आएका छन् । चौरसियाको शव अहिलेसम्म पोष्टमार्टमको लागि अहिले पनि वीरगञ्जको नारायणी अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू