अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 21:58

भारतको एक कलेज बाहिर छात्राको गोली हानेर हत्या

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ६:४९ मा प्रकाशित

भारतको फरिदाबादस्थित एक कलेजको बाहिर एक छात्राको गोली हानेर हत्या गरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका एक व्यक्तिले सुरुमा अपहरणको प्रयास गरेका थिए ।

अपहरणको योजना असफल भएपछि उनीमाथि गोली प्रहार भएको हो । ती छात्रा परीक्षा दिएर कलेजबाट बाहिरिने क्रममा गोली प्रहार गरी हत्या गरिएको खबरमा उल्लेख छ । प्रहरीले घटनामा संलग्न दुईजनाको खोजी भइरहेको जनाएको छ । अभियुक्त मध्ये एकजना युवतीका चिनजानका व्यक्ति रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू