अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

भारतीय सेनाध्यक्ष नरावणे कात्तिक १९ मा नेपाल आउने

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ६:४७ मा प्रकाशित

भारतीय सेनाध्यक्ष जनरल एमएम नरावणे यही कात्तिक १९ गते नेपाल आउन हुने भएको छ । नेपाली सेनाले मंगलबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। नरवणे प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लाग्नुभएको हो ।

तीन दिने भ्रमणका लागि आउन लागेका नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्ष पूर्णचन्द्र थापासँग छलफल गर्नुहुने छ ।

यस्तै उहाले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको नेपाली सेनाका प्रवक्ता सन्तोशबल्लभ पौडेले ट्वीटरमार्फत सार्वजनिक गरेको गरेको प्रेस नोटमा उल्लेख छ।

यस्तै कार्यक्रमअनुसार भ्रमणको मुख्य अशंकोरुपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ दर्ता प्रदान गर्नुहुनेछ । नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू