अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

कलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ कार्तिक १० गते २०:५८ मा प्रकाशित

स्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरेलले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

सामान्य टाउको दुख्ने, ज्वरो र ढाड दुखाइपछि आइतबार गरिएको पीसीआर परीक्षणमा सोमबार साँझ पोजेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभएको छ । उहाँले आफू र आफ्ना दाजुलाई पोजेटिभ देखिएको तर बच्चाबच्चीलाई कुनै लक्षण नभएको उल्लेख गर्नु भएको छ । आफूलाई पनि गाह्रो हुने कुनै लक्षण नदेखिए पनि बिहीबार देखिनै आइसोलेसनमा बसेको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिइ हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।’ कलाकाल गजुरेलले आफ्नो शरीरमा प्रवेश गरेको भाइरस आफ्नो शारीरिक, मानसिक र अध्यात्मिक शक्तिभन्दा बलियो नभएको विश्वास समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू