अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

खुलामञ्चमा ३ सय जनाले लगाए दशैंको सामूहिक टीका

बिआरटीनेपाल २०७७ कार्तिक १० गते २०:५६ मा प्रकाशित

काठमाडौंको खुलामञ्चमा झण्डै ३ सय जनाले दशैंको टीका सामूहिक रुपमा लगाएका छन् । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको हो ।

खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा समेत दिएको छ । यस्तै दशैंको अवसरमा मासुभात पनि खुवाइएको हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले बताउनुभयो ।

टिमले ७ महिनादेखि निरन्तर खुलामञ्चमा खाना खुवाउदै आएको छ । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने अध्यक्ष पन्तले बतााउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू