अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

इङ्गलिस प्रिमियर लिग: टोटनह्याम हट्सपरले बर्नलेलाई हरायो

बिआरटीनेपाल २०७७ कार्तिक १० गते २०:४५ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केन र सनहेङमिनको भूमिका महत्वपूर्ण रह्यो ।

केनको सहयोगमा सनले ७६ औँ मिनेटमा गरेको गोल नै टोटनह्यामको जितका लागि निर्णायक बन्यो । केन र सनहेङमिनले प्रिमियर लिगमा गोलका लागि गरेको यो २९ औँ साझेदारी हो ।

सनले यो सिजन लिगमा ८ गोल गरिसकेका छन् । जितपछि पाँचौँ स्थानको टोटनह्यामको ६ खेलबाट ११ अंक भएको छ । गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेष्ट ब्रोमले १/१ को बराबरी खेली अंक बाँडेका छन् ।

प्रतिक्रिया