अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 17:01

अस्ट्रियामा नेपाली आमाले आफ्ना तीन बच्चा मारिन

बिआरटीनेपाल २०७७ कार्तिक ८ गते १२:१५ मा प्रकाशित

अस्ट्रिया, गत शनिवार १७ अक्टोबर २०२० अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना नौ वर्षीय, तीन वर्षीय छोरीहरू र आठ महिने दुधे बालकलाई हत्या गरेकी छिन । अहिले उक्त समाचारले अस्ट्रियावासी नेपालीहरूलाई शोकाकुल बनाएको छ् । हत्या पछि आफैले टेलिफोन गरी प्रहरीलाई खबर गरेकी उक्त ३१ वर्षीय महिलाले आफै पनि आत्महत्या गर्न खोजेको र मानसिक सन्तुलन गुमाई उक्त अपराध गरेको अस्ट्रियन प्रहरीको प्रारम्भिक अनुसन्धान छ । उक्त महिलाको बयान लिने काम पनि दोभासेको सहयोगमा भइरहेको छ । वकिल लिन समेत इन्कार गरेकी उक्त महिलाले मैले मेरा बच्चाहरूलाई तकियाले सुतेको बेलामा थिचे भनेर भनिरहेकी छिन भनेर स्थानीय पत्रिकाले जनाएको छ ।

उनी आलाप विलाप गरेर रुन्छिन्, उनी मानसिकरुपमा विक्षिप्त छिन, अनुसन्धान जारी छ र यसको ठोस तथ्यहरू म अझै टिप्पणी गर्न सक्दिन उनका वकिल होवलवार्थले स्थानीय पत्रिका होइटेसँग कुरा गर्दै भने । बाल बालिकाका पिता भियनामै रहेका छन् । बालबालिकाको अन्त्येष्टिको व्यवस्था गर्ने जिम्मेवारी बाबुको रहेको छ । उक्त महिलाका श्रीमान् जेलमा अहिलेसम्म श्रीमतीलाई भेट्न गएका छैनन् भनी स्थानीय पत्रिकाले लेखेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू