अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 16:03

‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस् ’

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २२:२२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दे उहाँले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताउनुभयो ।

नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोरोना को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गर्नुभयो । सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै गएको उहाँको भनाइ छ । उहाँले आम नागरिकको रगत र पसिनाबाट आर्जित संघीय लोकतान्त्रिक व्यवस्थामार्फत बनेको सरकारले लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू