अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 15:54

ललिता निवास प्रकरणः पूर्वउपप्रधानमन्त्री गच्छदारको सम्पत्ति रोक्का

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २२:१८ मा प्रकाशित

ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं सुनसरी र मोरङमा रहेको गच्छदारका सम्पत्ति रोक्का गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । यसै प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू