अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

युरोपा लिगमा टोटनह्यामको विजयी सुरुवात

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २१:५० मा प्रकाशित

टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ । समूह जे अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले दुई गोल आफै गर्न सक्यो भने एक गोल उपहारमा पाएको हो ।टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे ।

२७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे । ८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३-० ले विजयी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू