अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

विश्वभर ३ करोड ११ लाख कोरोना संक्रमणमुक्त, ११ लाख ४२ हजारको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २१:३६ मा प्रकाशित

विश्वभर हालसम्म कोरोना भाइरस निको हुनेको संख्या ३ करोड ११ लाख नाघेको छ । विश्वमा शुक्रबार बिहानसम्ममा ३ करोड ११ लाख ७६ हजार तीन सय २८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका हुन् । विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या ४ करोड १९ लाख ६५ हजार ९ सय ५४ पुगेको छ । संक्रमितमध्ये ११ लाख ४२ हजार एक सय ४७ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा ८६ लाख ६० हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये त्यहाँ ५६ लाख ५४ हजारभन्दा बढी निको भएका छन् । हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार तीन सय ६७ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको कुल संख्या ७७ लाख ५९ हजार नाघेको छ । संक्रमितमध्ये ६९ लाख ४६ हजार निको भइसकेका छन् । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार तीन सय ३६ पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको कुल संख्या १ लाख ४८ हजार पाँच सय ९ रहेको छ । संक्रमितमध्ये हालसम्म १ लाख २ हजार ८ सय २० जना निको भइसकेका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू