अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

ग्ल्यामर

रन्जु मार्ग २०७७ कार्तिक ६ गते १२:५४ मा प्रकाशित

लघुकथा
मैले उनलाई धेरै पटक सम्झाएको थिएँ अनलाइन पत्रिकामा रचना छपाउँदा कुनै युवतीको तस्बिर नराख्नु भनेर I तर उनले सुनेनन् I उल्टै मसँग ‘अर्ति-उपदेश दिने’ भनेर रिसाए I
#

त्यो बिचमा झनै उनले राम्रा राम्रा युवतीहरूको तस्बिर सहितको सुन्दर रचनाहरू छपाउँदै गए I
उनका रचनामा लाईक र कमेन्ट अत्यधिक आइरह्यो I
##

मलाई भने पट्टकै चित्त बुझी राखेको थिएन I
मैले यो बारेमा अनलाइन पत्रिकाको सम्पादकहरू सँग पनि गुनासो राखेँ I सम्पादकहरूले पनि तस्बिर राखेर रचना छपाउँदा झनै धेरै भन्दा धेरै मान्छेहरूले हेर्ने, पढ्ने गर्छन् भन्दै मेरो कुरामा विमति जनाए I
###

एक दिन तिनै लेखकको रचना पढ्दै थिएँ I तिनले यो पल्ट पनि युवतीको तस्बिर सहितको रचना छापिएको थियो I मेरो आँखा कमेन्टतिर गयो I कमेन्टमा रचनाको बारेमा भन्दा पनि युवतीको तस्बिरको बारेमा नराम्रा शब्दहरू प्रयोग गरेको देखेँ I मेरो मन चस्स बिझायो I
####

केहिदिन पछि ती लेखकको रचना नै आउन छोड्यो I मेरो मनमा खुल्दुली भयो I रचनाको हिसाबले उनी राम्रो स्रष्टा थिए I एउटा राम्रो स्रष्टाले कलम रोक्नु सारै नै नराम्रो कुरा हो I मलाई चिन्ता लाग्यो I एक पल्ट फोन गरेर बुझ्ने कोसिस गरेँ र फोन गरेँ I
######

उनले पहिलो घण्टी मै फोन उठाए र भने -‘तपाइले मलाई पहिले नै सचेत गराउनु भएको थियो तर मैले तपाईँको कुरा सुनिन I ‘
‘के भयो र ? ‘मैले डराउँदै सोधे I

‘एउटा मान्छेले मेरी सोह्र बर्सिया छोरीको तस्बिर राखेर पत्रिकामा रचना छापेछ I मलाई सारै नराम्रो लाग्यो I छोरीले पनि देखी र रिसाउँदै सोधी – ‘बाबा, साहित्य भनेको ग्ल्यामर हो ?’मैले जवाफ दिन सकिन I
ऊ भन्दै थियो –

‘सम्झेँ ती छोरी चेलीहरूलाई जसको मन कति दुखेको हुँदो होला जसलाई मैले कमेन्ट र लाइक आउँछ भनेर जथाभाबी आफ्नो रचना सँगै पोस्ट गरेको थिएँ !!