अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

सी डी विजय को स्वर, घिमिरेको शब्दमा झ्याम्म पुतली

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते १२:२३ मा प्रकाशित

द भ्वाइस अफ नेपाल सिजन वानका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रमाइलो रोमान्टिक गीत पुतलीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

अमेरिका निवासी प्रोफेसर कैलाश घिमिरेको रचना रहेको गीतमा राजेश थापाको सङ्गीत रहेको छ । जसलाई बिबी अनुरागीले सङ्गीत संयोजन तथा श्याम श्वेत रसाइलीले मिक्सिंग मास्टररिंग गरेका छन् ।

गीतमा मोडल गरिमा शर्माका साथ चलचित्र लम्फूबाट डेब्यु गरेका नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन् । मनपराएको प्रेमिकालाई साथीहरूको सहयोगमा फकाउँदै गरेको रोमान्टिक अवस्था म्युजिक भिडियोमा देख्न सकिन्छ । यसका साथै म्युजिक भिडियोमा गाउँघरमा आउँदै गरेको दसैँको माहौललाई रमाइलो ढङ्गबाट उतारिएको छ ।

म्युजिक भिडियोलाई उत्सव दाहालको छायाङ्कन, नवीन निरौलाको सम्पादन, दिपेन गौतमको निर्माण व्यवस्थापनमा तयार गरिएको छ । सुबोल थापाको नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया