अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

स्पेनमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:५७ मा प्रकाशित

स्पेनमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । पश्चिमी यूरोपेली मुलुकमा संक्रमितको संख्या १० लाख नाघ्ने स्पेन पहिलो मुलुक बनेको छ ।स्पेनमा पछिल्लो २४ घण्टामा १६ हजार ९ सय ९३ संक्रमित थपिएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ ।

अमेरिका, भारत, ब्राजिल र अर्जेन्टिना पछि संक्रमितको संख्या १० लाख नाघ्ने स्पेन विश्वमै छैटौं मुलुक समेत बनेको छ ।यूरोपमा केही महिना यता नयां कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । स्पेनले संक्रमणको दर केही घटेपछि अर्थव्यवस्थामा सुधार ल्याउन भन्दै प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाएको थियो ।

तर पछिल्लो केही दिनयता संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यूरोपेली मुलुकहरुमा कोरोना संक्रमण दर फेरि बढ्न थालेपछि विभिन्न कडा खालका प्रतिबन्धात्मक व्यवस्थाहरु फेरि लागु गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू