अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

अमेरिकी मतदातालाई तर्साउन इरानको इमेल, मतदाता विवरण इरान र रुसमा रहेको सुरक्षा अधिकारीहरुको दावी

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउने गरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् । नेशनल इन्टेलिजेन्सका निर्देशक जोन र्याटक्लिफले इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिने बताउनुभयो । र्याटक्लिफले रुस र इरानसंग अमेरिकी मतदाताको विवरण रहेको पत्ता लागेको समेत बताउनुभयो । रुस र इरान दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको उहाँको आरोप छ ।

इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवं असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको समेत उहाँको आरोप रहेको छ । सङ्घीय अनुसन्धान ब्यूरोका निर्देशक क्रिस्टोफरले अमेरिकी चुनाव सुरक्षित रहेको र त्यस्ता कुरा सहन गर्न सक्ने बताउनुभयो । अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहंदा नेशनल इन्टेलिजेन्सका निर्देशकले यस्तो खुलासा गरेका हुन् । हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा ४ करोडभन्दा बढि मत खसिसकेको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै आलोचित हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू