अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

विश्वभर ३ करोड ९ लाख ६० हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:४६ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ९ लाख ६० हजार ८ सय ७७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड १५ लाख ८८ हजार ६ सय ९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख ३७ हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ९४ लाख ८९ हजार ९ सय १३ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ७४ हजार २ सय ९५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ९४ लाख १५ हजार ६ सय १८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ८५ लाख ८५ हजार ७ सय ४८ जना संक्रमित भएका छन् भने २ लाख २७ हजार ४ सय १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७७ लाख ८ हजार ९ सय ४७ जना संक्रमित हुँदा १ लाख १६ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५३ लाख ६ सय ४९ जना संक्रमित भएका छन् भने १ लाख ५५ हजार ४ सय ५९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू