अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

च्याम्पियन्स लिगमा रियल मड्रिडको खराब शुरुवात, शख्तर डोनेस्कसंग ३–२ ले पराजित

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:४५ मा प्रकाशित

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा हारबाट सुरुवात गरेको छ ।च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ ले पराजित भएको छ ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमै पराजित भएको हो । जितसँगै समूह ’बी’ को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह ’ए’ को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया