अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

स्वास्थ्य मन्त्रालयले दसैंमा कोरोना नियमित ब्रिफिङ नगर्ने

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:३८ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले दसैँका बेला कोरोना सम्बन्धी मिडिया ब्रिफिङ नगर्ने भएको छ। फुलपातिदेखि एकादशीसम्म ५ दिन कोरोनाबारे कुनै जानकारी उपलब्ध नगराउने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी गराउनुभयो । कोरोना परीक्षण गर्ने प्रयोगशालालाई ३ दिन मात्र छुट्टी पाउने निर्देशन दिएपनि सरकारले भने ५दिन महामारी सम्बन्धी नियमित प्रेस व्रिफ्रिङ नगर्ने भएको हो।

प्रेस व्रिफ्रिङमा उपस्थित नभए पनि सामाजिक सञ्जाल र वेवसाइटबाट भने अपडेट दिने प्रवक्ता गौतमले बताउनुभयो । गौतमले बिहीबारको मिडिया ब्रिफिङमा अबको पाँच दिन कोरोना सम्बन्धी जानकारी लिएर उपस्थित नहुने र आउँदो बुधबार नियमित पत्रकार सम्मेलन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू