अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:३५ मा प्रकाशित

नेपाल सरकार मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सरकारले गरेका विभिन्न १६ वटा निर्णयहरु आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को यही कात्तिक ४ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो ।

मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशीष गजुरेललाई नियुक्त गरेको छ । यस्तै, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहलाई तोकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

बैठकले न्यूनतम् समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका, २०७७ स्वीकृत गरेको छ । नेपाली सेनाका महासेनानी दिपेशजंग शाहसमेत तीनजना महासेनानीहरूको बढुवा गरी पदस्थापन तथा सहायकरथी कृष्णमुरारी न्यौपानेसमेत पाँच सहायक रथीहरूको सरुवा गरिएको छ ।

परराष्ट्र नीति, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न १६ वटा निर्णयहरु सो बैठकले गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्ता गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू