अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

राष्ट्रिय सुरक्षा परिषद बैठक बस्यो

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ७:०५ मा प्रकाशित

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री एवं सुरक्षा परिषदको अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा देशको आन्तरिक तथा बाह्य सुरक्षाको स्थितिबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । परिषद्मा प्रधानमन्त्रीसँगै रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू