अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

ब्राजिलले चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:५६ मा प्रकाशित

ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो ।साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताउनुभयो ।

उहांले खोपको कार्यक्रम आगामी वर्षको शुरुमा हुने छ । ब्राजिलमा पनि चिनियाँ खोपको परीक्षण भइरहेको छ ।ब्राजिल कोराना महामारीबाट नराम्ररी प्रभावित मुलुकहरु मध्ये एक हो । हालसम्म ५३ लाख मानिस संक्रमित रहेको ब्राजिलमा डेढ लाख भन्दा बढीको कोरोना कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू