अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

भारतीय जासुसी संस्था रअ प्रमुख गोयल काठमाडौँमा

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:५१ मा प्रकाशित

भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल केही घण्टाका लागि काठमाडौँ आउनुभएको छ । बुधबार दिउँसो विशेष विमानबाट गोयल र रअकै एक अर्का उच्च तहका अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

स्रोतका अुनसार गोयललाई लिन नेपालको अध्यागन विभागका अधिकारी र सुरक्षाकर्मीहरु विमानमै पुगेका थिए। पासपोर्ट परिक्षण नगरी उनीहरुलाई भिआइपी कक्षबाट बाहिर निकालिएको थियो । दुई पक्षीय सुरक्षा, राजनीतिसँगै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको कार्तिकमा हुने नेपाल भ्रमणको विषयमा छलफल गर्न गोयल नेपाल आएको बुझिएको छ ।

स्रोतका अनुसार उनीहरु बुधबार नै दिल्ली फर्किनेछन्। योगलको यात्रा र भेटघाटका अन्य विवरणहरु गोप्य राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू