अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:४९ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । सम्पन्न समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो । लियोनल मेस्सीले खेलको २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अग्रता दिलाए । अंशु फातीले ४२ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

फिलिप कौटिन्होले ५३ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६८ औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।खरातिनले ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काएका थिए । बार्सिलोनाका गोन्जालेजले ८२ औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्याए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए । समूह जी को खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू