अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

विश्वभर ३ करोड ६ लाख ७७ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:४८ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ६ लाख ७७ हजार ४ सय २० जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ११ लाख २८ हजार ५ सय ७ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख ३१ हजार ६१ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ९३ लाख २० हजार २६ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ७३ हजार ७ सय ५४ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ९२ लाख ४६ हजार २ सय ७२ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ८५ लाख २१ हजार ४ सय ६५ जना संक्रमित भएका छन् भने २ लाख २६ हजार २ सय ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७६ लाख ५१ हजार १ सय ७ जना संक्रमित हुँदा १ लाख १५ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५२ लाख ७४ हजार ८ सय १७ जना संक्रमित भएका छन् भने १ लाख ५४ हजार ८ सय ८८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू