अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

अफगानिस्तानस्थित पाकिस्तानी दूतावास नजिक भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:४५ मा प्रकाशित

अफगानिस्तानस्थित पाकिस्तानी दूतावास नजिक भिसा लिनेहरूबीच भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। अफगानिस्तानको पूर्वी शहर जलालावादमा रहेको पाकिस्तानी दूतावास अगाडि भिसा लिन सयौं भेला भएका बेला अफगानी नागरिहरूबीच भागदौड मच्चिएको थियो।

प्रान्तीय अधिकारीहरूले रोयटर्सलाई दिउको जानकारी अनुसार ३ हजार अफगानी नागरिकहरू दूतावास अगाडिको मैदानमा भेला भएका थिए। उनीहरू भिसाको लागि आवेदन दिन टोकनको लागि पर्खिँदै गरेको अवस्थामा भागदौड मच्चिएको थियो । मृत्यु हुनेमध्ये ११ जना महिलाहरू रहेको बताईएको छ । साथै दर्जनौं घाइते भएकाहरूमध्ये धेरैजसो बृद्ध छन्।

अफगानिस्तानबाट हजारौं नागरिक स्वास्थ्य उपचार, शिक्षा र रोजगारका लागि पाकिस्तान जाने गरेका छन्। यसैबीच, घटनापछि पाकिस्तानी दूतावासले विज्ञप्ति जारी गर्दै दुख समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू