अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

नेकपा कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतलाई निलम्बन गर्ने निर्णय बदर गर्ने नेकपामा सहमति

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:१४ मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीनेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने सहमति भएको छ। मगंलबार बिहान भएको भेटघाटमा दाहाल र ओलीबीच मुख्यमन्त्री शाहीद्धारा प्रमुख सचेतकमा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमतिसमेत भएको छ।

योसँगै मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको प्रधानमन्त्रीका पे्रस सल्लाहाकार सूर्य थापाले बताउनुभयो । यस्तै ओली र प्रचण्डबीच सहमति नभएको भन्ने सूचनाहरुमा सत्यता नभएको पनि थापाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू