अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

विवेकशील र साझा पार्टी एकीकरण प्रक्रिया फेरि अघि बढ्यो

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:१३ मा प्रकाशित

विवेकशील नेपाली दल र साझा पार्टीले फेरि एकता गर्ने भएका छन्।एकीकरणको १७ महिनामै २०७५ पुसमा विभाजित भएका दुई दलले फेरि एकताका लागि ठोस प्रयास गरेका हुन्।वार्ताका लागि विवेकशील र साझा पार्टीका तर्फबाट गठित कार्यदलले असोज २९ ‘संयुक्त प्रतिवेदन’ बुझाएको थियो।

उक्त प्रतिवेदन मंगलबार साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय र केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गरेका हुन्। दुवै दलले विगतमा भएका आफ्ना कमजोरीलाई स्वीकार गर्ने प्रतिवद्धता जनाउँदै असार ३१ गतेदेखि छलफल सुरु गरेका थिए।

प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आआफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू