अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

दशैंमा यी खानेकुरा नखाँदा उत्तम, के खाने त ?

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:०९ मा प्रकाशित

कोभिड– १९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा. ठकुराठीले बताउनुभयो । खासगरी दशैंमा माछा(मासु, पेयपदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य वस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उहाँको सुझाव छ ।

कोभिड(१९ संक्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुनसक्ने भन्दै विशेष ध्यान दिन उहाँले जोड दिनुभएको छ । मासु र दही शरीरका लागि आवश्यक खाद्यवस्तु भएकाले पनि ठिक मात्रामा खान उहाँले आग्रह गर्नुभयो । तर, पेयपदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य वस्तु नखाँदा सबैभन्दा राम्रो गर्ने उहाँको भनाइ छ ।

छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउनेमात्र नभइ रोगव्याधिसमेत आउनसक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताउनुभयो । मोटोपन बढ्दा ब्लडप्रेसरमा उतार–चढाव हुने, मुटुमा समस्या आउनसक्ने, रगतमा चिनीको मात्रा बढ्नेलगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दशैंका बेला मूला, काँक्रो, कागतीको सेवन दैनिकरुपमा गर्नपनि उहाँको सुझाव छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू