अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

अफगानिस्तानसँग शान्ति वार्ता गर्न चाहेको पाकिस्तानको भनाइ

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:०८ मा प्रकाशित

पाकिस्तानले अफागानिस्तानसँग शान्ति प्रक्रिया अघि बढाउन चाहेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशिले हिंसा न्यूनिकरणका लागि अफगानिस्तानसँग वार्ताका लािग तयार रहेको बताउनुभएको हो ।अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोनसँगको भेटमा विदेशमन्त्री कुरेशिलले जारी हिंसा अन्त्यका लागि आफूहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा रहेको बताउनुभएको हो ।

विशेष दूत डेबोरासँगको भेटमा कुरेशिलले क्षेत्रिय सहयोगका लागि आफूहरु शान्तिपूर्ण बाटोमा अघि बढ्न तयार रहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भेटमा दुवै देशले स्थायी शान्तिका लागि गर्नु पर्ने प्रयासहरुका बारेमा पनि छलफल भएको बताइएको छ । विदेशमन्त्री कुरेशीले शान्ति र स्थिरताबिना आर्थिक समृद्धि र क्षेत्रिय शान्ति कायम गर्न नकिने दोहोर्याउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू