अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

जसपाको संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:०२ मा प्रकाशित

जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको छ। सोमबार र मंगलबार काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो।

जसपामा कार्यकारी अधिकार कार्यकारिणी समितिमा रहने र संघीय परिषद् वृहत तर सेरेमोनियल संरचना हो। जसमा १ हजारभन्दा बढी सदस्य हुन्छन्। विधानमा केन्द्रीय कार्यकारिणी समितिभन्दा महाधिवेशनभन्दा तल रहेन गरी परिषद् रहने उल्लेख छ।

गत वैशाखमा राजपा र संघीय समाजवादी दल एकीकरण भएर जसपा बन्दा अन्तिम समयमा भट्टराई पार्टीको चौथो वरियतामा पुग्नुभएको थियो । जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू