अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

अनावश्यक रुपमा घरबाहिर ननिस्कौंः काठमाडौं जिल्ला प्रशासन

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:०२ मा प्रकाशित

काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले अनावश्यक रुपमा घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ ।कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै सिडिओ कार्यालयले व्यक्तिगत र सामूहिक सचेतता अपनाउन आग्रह गरेको छ ।सिडिओ कार्यालयले एक विज्ञप्ति निकालेर जो जहाँ छौं सोही ठाउँमा रहेर चाडबाड मनाउन आग्रह गरेको हो ।

घरबाहिर निस्कनै पर्दा पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्डको अनिवार्य पालना गर्न प्रशासनको आग्रह छ ।सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निकालेको विज्ञप्तिमा चाडबाडका बेला आवतजावत र भिडभाड हुने भएकाले काम नपरी घरबाहिर ननिस्कन भनिएको छ । दिनहुँ थपिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै भएकाले जोखिम धेरै रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू