अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

“कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लेऊ”- नेकपा बरिष्ठ नेता नेपाल

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ६:४३ मा प्रकाशित

नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको पनि आरोप पनि उहाँले लगाउनुभयो ।

बरिष्ठ नेता नेपालले विज्ञप्ति जारी गर्दै सरकारको गैर जिम्मेवारीपूर्ण निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको हो । कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गरेर गैर जिम्मेवारीपन देखाएको आरोप उहाँको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू