अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना सङ्क्रमण, २ हजार १ सय ८ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ६:३८ मा प्रकाशित

नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार ३ हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार १ सय ८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

अब नेपालमा ४१ हजार ७ सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने ४ हजार २ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू