अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

अनेसास पोल्यान्ड च्याप्टर गठन

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते १०:३४ मा प्रकाशित

पोल्यान्ड । विश्वभर नेपाली भाषा र साहित्यको बिस्तार र प्रवर्धनमा लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ च्याप्टर गठन भएको छ । आइतबार पोल्यान्डका नेपाली साहित्यकारहरूबीचको छलफलबाट “अनेसास पोल्यान्ड च्याप्टर”को गठन भएको हो । सुसन परियार विसर्जनको अध्यक्षतामा नवगठित च्याप्टरको उपाध्यक्षमा भीम परियार, महासचिवमा प्रतिमा थापा, सचिवमा बिराश सुन्दास र कोषाध्यक्षमा सङ्गीता लामा घलान चयन भएका छन् ।

यसै गरी समितिको सदस्यमा जम्याङ्ग थिङ र डम्बर गुरुङ रहेका छन् भने मित्रलाल पार्दे संरक्षक रहेका छन् । भेलाले होमनाथ सापकोटा र विकास दोङलाई सल्लाहकारमा चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू