अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

दसैँमा सिर्जना उत्सव

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते १०:२५ मा प्रकाशित

बोस्टन, अमेरिका । सिर्जना उत्सव , बोस्टनले आइतबार जुम प्रविधि मार्फत ” कवितामा दसैँ” कार्यक्रमको आयोजना गरेको छ ।
अमेरिकी पूर्वीय समय अनुसार रातिको ९.४५ बाट सुरु भएको कार्यक्रम करिब ४ घण्टासम्म चलेको थियो । कार्यक्रममा कविहरूले विजया दशमी – २०७७ को शुभकामना व्यक्त गर्दै सिर्जना वाचन गरेका थिए ।

स्थानीय मिडिया र नेपालको एफ एमबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कवि मञ्जुल, किशोर पहाडी, कृष्ण कुसुम, पुरु सुवेदी, आरएम डंगोल, निलम कार्की निहारिका, सन्ध्या पहाडी, गीता कार्की , नारायण अधिकारी, सुदीपभद्र खनाल, सुष्मिता नेपाल, मोदनाथ सादा, छविरमण सिलवाल, डा. काशीराज पाण्डे, सोमनाथ सुवेदीलगायतले सिर्जना वाचन गरेका थिए ।

यसै गरी चेतनाथ धमला, सतिश त्रिपाठी, गङ्गा लिगल, लालगोपाल सुवेदी, नवीन उप्रेती, सुभद्रा पराजुली, हरिलाल शर्मा, पवन लामिछाने, केशवराज ज्ञवाली, सिर्जना शर्मा, सर्वज्ञराज पौडेल, उर्मिला पन्त, रश्मि रिमाल, विकास चित्रकार, जानुका ढुङ्गेल खनाल, शशी थापा पण्डित, शर्मिला पोखरेल, अनुजा घिमिरे, विजया सिम्खडा, राम शरण हुमागाईँ, रोजा वली, राधिका कल्पित, राधिका गुरागाईं, अग्नि पराजुली, नुहा‍ङ राई, इमानु राई, राजेश क्रान्तिकारी, सर्वज्ञ वाग्ले, डा मुकुन्द पथिक, पुष्कर बराल, महेश्वर पन्तलगायतले पनि कविता, गीत, गजल र मुक्तक वाचनसहित शुभकामना व्यक्त गरेका थिए । सतिश चापागाईंको बहुचर्चित कविता “विमानस्थलमा बा” को श्रव्य दृश्य र पदम विश्वकर्माको साङ्गीतिक दसै गजल प्रस्तुत गरिएको कार्यक्रममा बोस्टनका चर्चित सारंगी वादक सुशील गौतमले मालश्री धुन् पनि पस्केका थिए ।

महेश्वर पन्तको प्राविधिक संयोजन रहेको उक्त कार्यक्रममा दीपा राई पुनले कविता वाचनसहित अतिथिको स्वागत गरेकी थिइन् भने ममता कर्माचार्यले धन्यवाद ज्ञापन गर्दै सिर्जना प्रस्तुत गरेकी थिइन् । कार्यक्रम गोवर्द्धन पूजाको संयोजनमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू