अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

कोरोना परीक्षण र उपचार खर्च नागरिक आफैंले ब्यहोर्ने सरकारको निर्णय गैरजिम्मेवार – कांग्रेस

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ७:०५ मा प्रकाशित

कोरोना परीक्षण र उपचार खर्च आफैंले व्यहोर्नुपर्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेको छ ।सोमबार एक विज्ञप्ति जारी गरी सरकार महामारीबाट जनतालाई बचाउने दायित्वबाट पन्छिएको भन्दै विरोध गरेको हो ।कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिएसँगै देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्दत रहेको कांग्रेसले टिप्पणी गरेको छ ।

कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर सम्हाल्ने बेलामा संक्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने कांग्रेसको ठहर छ ।‘सर्वोच्च अदालतले केही दिनअघि निःशुल्करुपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष र अदालत कसैलाई पनि नसुन्ने सरकार कसलाई सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ’-पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेको वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्तै गैरजिम्मेवार व्यवहार भएको आरोप लगाएको छ । सांसद विकास कोष, दसैं भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको भन्दै कांग्रेसले निःशुल्करुपमा कोरोना परीक्षण र उपचार गरेर जनतालाई महामारीबाट जोगाउन सरकारसँग माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू