अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

सञ्चारमन्त्री गुरुङलाई सरकारका प्रवक्ताको जिम्मेवारी

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ७:०४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ ।मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो । गुरुङलाई प्रवक्ताको जिम्मेवारी आजदेखि नै लागू हुने गरी दिने तयारी गरिएको छ । यसअघि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता रहनुभएको थियो ।

गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनुहुन्छ । प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

उहाँ पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बन्नुभएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्ता समेत तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू