अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

लोक सेवा आयोगका सबै परीक्षा स्थगित

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:४९ मा प्रकाशित

लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।सर्वोच्च अदालतको आदेश अनि आयोगभित्रै संक्रमण फैलिएपछि आयोग परीक्षा सञ्चालन गराउन नसक्ने अवस्थामा पुगेको हो ।

परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भए एवं आयोगका कर्मचारीहरु समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नु परेको र कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउनु एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको आयोगद्वारा सोमबार जारी सूचनामा उल्लेख छ । परीक्षा स्थगित भएपछि हालै गरिएको विज्ञापनको कार्यक्रम पनि प्रभावित हुने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू