अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

अमेरिकामा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ८:४८ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा रेलको ठक्करबाट एक नेपाली महिलाको मृत्यु भएको छ । पारू श्रेष्ठ नामकी उक्त महिलाको नेपाल घर सिन्धुपाल्चोक थियो, साथै उनी न्युयोर्कमै बस्दै आएकी हुन । लङ आइल्याण्ड रेल रोडको रेलले मङ्गलवार बिहान ५ बजे ठक्कर दिँदा श्रेष्ठको निधन भएको हो ।

अनधिकृत रूपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने रेलको ठक्करपछि उनको घटनास्थलमै निधन भएको थियो । घटना पछि केही बेर जमैका र पेन स्टेसन बिच यातायात रोकिएको थियो । उनको मृत्यु भएको बेला न्युयोर्कमा लगातार पानी परिरहेको थियो । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू