अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध गरिएको छैनः लुम्बिनी प्रदेश सरकार

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:२९ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारले सांसद तथा स्थानीय तहका जनप्रतिनिधि कसैलाई पनि दसैँ भत्ता नदिएको दावी गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि लगायत मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रदेशसभा सदस्य कसैले पनि हालसम्म चाडपर्व खर्च नलिएको बताउनुभयो ।

‘यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ। लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू