अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९
| Colorodo: 05:04
नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सचिवालयले उपलब्ध गराएको दसैँ भत्ता फिर्ता गर्नुभएको छ । कानुन विपरीत सांसदले दसैँ भत्ता लिएको भनेर आलोचना भइरहेका बेला थापाले आइतबार संघीय संसद सचिवालयको लेखा शाखामा नगद फिर्ता गर्नुभएको हो ।
थापाका स्वकीय सचिव सानुबाबु बुडबरीले थापालाई भत्तास्वरुप प्राप्त भएको ६४ हजार ७० रुपैयाँ सरकारलाई बुझाएको जानकारी दिनुभयो । आइतबार नै नेपाका सांसद भीम रावलले पनि भत्ता फिर्ताका लागि निवेदन दिनुभएको छ ।