अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

‘सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किनौँ’– नेकपा नेता जनार्दन शर्मा

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:१९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने शर्माले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । बोहरालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले रकम दिएको उहाँको भनाइ छ ।

शर्माले कोरोना महामारीको यस्तो सङ्कटमा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू