अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८
| Colorodo: 15:53
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनले झण्डै ४५ वर्षपछि आफूले दशैँमा नयाँ कपडा लगाएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसुबकमा नयाँ कपडा लगाएको फोटो राख्दै उहाँले यस वर्षको दशैँमा नयाँ लुगा लगाएको बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘सायद ४५ वर्षपछि मैले दशैँमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाउन दिएका हुन् । पुरानो जडौरी होइन ।’
साथै उहाँले यो आफ्नो दोस्रो सुट भएको बताउनुभएको छ । जुत्ता चाहिँ ६ वर्ष पुरानो भएको उहाँले फेसबुकमा लेख्नुभएको छ । सधैँ पुरानो लुगा लगाएको भनेर प्रतिक्रिया आइरहेकोले अब चाहिँ नयाँ कपडा लगाएको फोटो हालेको उहाँले बताउनुभएको छ ।