अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

कोभिड संक्रमितको उपचारमा निजी अस्पताललाई पनि ५० प्रतिशत बेड छुट्याउन सरकारको निर्देशन

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:१५ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई कोरोना भाइरस संक्रमितको उपचारको लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ। आइतबार मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता जागेश्वर गौतमले आइसीयू लगायतका पूर्वाधारहरू कोभिड–१९ को व्यवस्थापनका लागि छुट्याउन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘अबदेखि निजी, सहकारी, सामुदायिक, मेडिकल कलेज तथा सरकारी अस्पतालले कम्तीमा पनि ५० प्रतिशत संक्रमितको उपचारको लागि छुट्याउन पर्ने छ।’ यो भन्दा अगाडि संक्रमितको उपचारको लागि निजि तथा सामुदायिक अस्पतालमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेडको व्यवस्था गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू