अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७
| Colorodo: 05:42
अर्मेनिया र अजरबैजान बीचको विवाद फेरि चुलिएको छ । दुई देशबीच दोस्रो युद्धविराम भएको केही मिनेटमै अर्मेनियाले अजरवैजानबीच युद्धविराम उल्लघंन गरेको आरोप लगाएको छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार युद्धविराम भएको ४ मिनेटमा अजरवैजानले रकेट तथा गोली बर्षाएको आरोप लगाएको छ ।
अजरवैजानले भने यसबारे केही बोलेको छैन् । २१ दिन लामो युद्धपछि अर्मेनिया र अजरवैजान दोस्रो पटक नागोर्नो काराबाखÞ क्षेत्रमा युद्धविरामका लागि तयार भएका थिए ।स्थानीय समयअनुसार दुवै देश शनिबार मध्यरातबाट युद्धविरामका लागि तयार भएका थिए । यो भन्दा अघि पनि दुई देशबीच युद्धविराम भएको थियो । जुन एक दिन नबित्दै टुटेको थियो । युद्धविरामको पुन घोषणासँगैं दुवै देशका सेनाबीच युद्ध भैरहेको छ ।