अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

कैलालीमा प्रहरी सहायक निरीक्षक विकको शव नदीमा भेटियो, एक जवान अझै बेपत्ता

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:०५ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव आज(आइतबार) बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परको हो ।उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता छन् ।

चौकीबाट मोटरसाइकलमा गएका उनीहरु गएराति साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए । आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरु चढेको मोटरसाइकल फेला परेको र करिव तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको थियो । प्रहरीले तस्करहरुसँगको भीडन्तमा उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू