अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

दशैं शुरु भएपनि लामो दूरीका सवारी साधनमा यात्रुहरुको संख्या न्यून

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:०६ मा प्रकाशित

नेपालहिरको महान चाड दशैं शुरु भईसेकेपनि दसैंमा घर फर्कने यात्रु नहुँदा लामो दूरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन । देशमा प्रमुख शहरहरुबाट बाहिरनेको संख्या अत्यन्तै न्यून रहेको छ । सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तरपनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ ।

अघिल्ला वर्षहरुमा दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने स्थिति रहेपनि यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान रहेका छन् ।

लामो दूरीमा यात्रा गर्ने सवारी साधन नै न्यून छन् भने यात्रुहरुको संख्या पनि निकै कम छ । कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ । तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाइ छ ।

सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु बताउँछन् । बसमा यात्रा गर्ने यात्रुहरुले पनि असुरक्षित महसुस भएको बताउँदै आएका छन् ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहीँ नै दसैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दसैंमा घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू