अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

वीर अस्पतालका कर्मचारी आन्दोलित, पदाधिकारीको कार्यालयमा ताल्चा

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:०४ मा प्रकाशित

कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का पदाधिकारी भएको कोठामा ताल्चा लगाएका छन् । आन्दोलनमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी लगभग २ सय जना सहभागी छन् । आन्दोलनमा सहभागी डाक्टरहरुले आफुहरुको मागमा कुनै सुनुवाई नभएपछि ताल्चा लगाउन बाध्य भएको बताएका छन् । ताल्चा लगाएपछि न्याम्सका पदाधिकारीहरु वाहिर निस्कन पाएका छैनन् ।

१५ दिनपहिले कोभिड– १९ संक्रमितको उपचारमा खटिएवापतको भत्ता, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउन लिखित रुपमा पत्र दिएको आन्दोलनकारीहरुले बताएका छन् । १५ दिनसम्म पनि उक्त मागको सुनुवाइ नभएपछि आफुहरु आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ । फ्रण्टलाइनमा काम गर्ने वीरका कुनै पनि कर्मचारीले अहिलेसम्म कोभिड भत्ता पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू