अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

कोरोनाका कारण वरिष्ठ पत्रकार मास्केको निधन

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:२९ मा प्रकाशित

वरिष्ठ पत्रकार वैकुण्ठमान मास्केको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । लामो समय मिर्गौला रोगबाट पीडित ८२ वर्षीय मास्केको शुक्रबार निदान अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।उहाँको नेपाली सेनाले पशुपतिस्थित शवदाहगृहमा शुक्रबारै अन्त्येष्टि गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका वरिष्ठ पत्रकार मास्के नेपाली चलचित्र उद्योगका पहिलो पुस्ताका छायाकारसमेत हुनुहुन्थ्यो ।उहाँले ‘मनको बाँध’लगायतका नेपाली फिल्महरुमा छायाकारको रुपमा भूमिका निभाउनुभएको थियो । मास्केले भारतको पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्टिच्यूट अफ इन्डियाबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । मास्केका श्रीमती र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू