अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

न्युजिल्यान्डमा प्रधानमन्त्री आर्डेनको लेबर पार्टी भारी मतले विजयी

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:२८ मा प्रकाशित

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले त्यहाँको आम निर्वाचनमा भारी विजय हासिल गर्नुभएको छ । आर्डेनको लेबर पार्टीले ४९ प्रतिशत भोट हासिल गरेको छ भने उहाँनले बहुमतको विजय हात पार्ने निश्चित प्रायः रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

विपक्षी नेसनल पार्टीले अहिलेसम्म २७ प्रतिशत मत मात्र हासिल गरेको छ भने शनिबारको निर्वाचनमा पराजय स्वीकार गरिसकेको छ। सेप्टेम्बरमा हुने भनिएको निर्वाचन कोभिडका कारण एक महिना पछि सरेको हो। त्यहाँको समयअनुसार बिहान ९ बजे सुरु भएको निर्वाचन ७ बजे सकिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू